तपाईँ सुन्दै हुनुहुन्छः

कलैया उपमहानगरपालिका वडा नं.८ का वडा अध्यक्ष यादवको निधन

बारा । बाराको कलैया उपमहानगरपालिका वडा नं.८ का वडा अध्यक्ष विक्रम यादवको आज निधन भएको छ ।
एक सातादेखि लिभर सिरोसिसको उपचार गराइरहेका यादवको आज बिहान मृत्यु भएको त्रि वि शिक्षण अस्पताल काठमाडौँले जनाएको छ ।
पाँच महिनाअघि लिभरमा समस्या भएपछि उनले त्यसको उपचार गराइरहेका थिए । स्वास्थ्यमा थप समस्या आएपछि एक सातादेखि यादव शिक्षण अस्पतालमा भर्ना भएका थिए ।
चिकित्सकको सल्लाह अनुसार शिक्षण अस्पताल महाराजगन्जमा लगिएको र उपचारको क्रममा वडा अध्यक्ष यादवको निधन भएको कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले जानकारी दिनुभयो ।
यादव स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । । यादवका चार जना छोरा र तीन जना छोरी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button