तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड–१९ का कारण सुस्त नागढुङ्गा–सिस्नेखाला सुरुङमार्गको निर्माणले गति लियो

नागढुङ्गा । नागढुङ्गा–सिस्नेखाला सुरुङमार्ग निर्माणको काम गत वर्ष कोभिड–१९ को प्रभावका कारण सुस्त भए पनि चालु आर्थिक वर्षबाट निर्माणले गति लिएको छ ।
गत वर्षसम्म तोकिएको तालिकाभन्दा ढिलाइ भए पनि अहिले सुरुङको चौबीसै घण्टा काम भइरहेको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिनुभयो ।
हालसम्म पूर्वतर्फबाट मुख्य सुरुङको ४९ मिटर र पश्चिमतर्फबाट १ सय ४९ मिटर निर्माण भएको र आपत्कालीन प्रयोगका लागि बनाइएको ४५ मिटर सुरुङ खनिसकिएको आयोजना प्रमुख शाक्यले जानकारी दिनुभयो ।
आयोजना अन्तर्गत मुख्य सुरुङको अगाडिपट्टि नागढुङ्गामा ‘ओभरपास’ निर्माण भइरहेको छ भने सुरुङसम्म पुग्ने पहुँच मार्ग निर्माण अघि बढेको छ । सुरुङ निर्माण तोकिएको तालिकाभन्दा ढिला भए पनि अबको १५ महिनामा सम्पन्न गर्ने गरी काम अघि बढाइएको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button