तपाईँ सुन्दै हुनुहुन्छः

९७ जनामा कोरोना सङ्क्रमित थपिए, ६६ जना सङ्क्रमण मुक्त

काठमाडौं । आज थप ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

देशभर ४ हजार ४ सय ८४ वटा नमुनाको परीक्षण गर्दा काठमाडौँ उपत्यकामा ४४ सहित ९७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ७५ हजार ७० पुगेको छ ।

यस्तै आज ६६ जनामा कोरोना सङ्क्रमणबाट निको भएका छन् । योसँगै हालसम्म सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ७१ हजार १ सय १६ पुगेको छ ।

तथ्याङ्क अनुसार ९८ दशमलव ६ प्रतिशत सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button