महाशिवरात्रिको अवसरमा वैद्यनाथ धाममा ४ कोठे भवन उद्घाटन

अछाम । नेपालकै चार धाम मध्येको एक अछामको वैद्यनाथमा महाशिवरात्रिको अवसरमा ४ कोठे भवनको उद्घाटन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको ५० लाखको लगानीमा निर्माण गरिएको भवनको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्घाटन गर्नुभयो ।
वैद्यनाथ धाम अन्तर्गत सञ्चालन भइरहेको वैद्यनाथ वेद विद्याश्रम विद्यालयको लागि भवन निर्माण गरिएको हो । भवन उद्घाटन गर्नुहुँदै सामाजिक विकास मन्त्री सुवेदीले वैद्यनाथ धाम नेपालकै चार धाम मध्येको एक भएको र धार्मिक आस्थाको धरोहर भएकाले यसको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।
संस्कृतमा कक्षा ८ सम्म पठनपाठन हुने वेद विद्याश्रमको व्यवस्थापनको लागि प्रदेश सरकारले भवन निर्माणका लागि बजेट विनियोजन गरेको भन्दै आगामी दिनमा धामको धार्मिक तथा पर्यटकीय प्रवर्द्धनका लागि पनि सहयोग गर्ने बताउनु भयो । यो धामको विकासका लागि सबै पक्षले ध्यान दिनुपर्ने समेत उहाँको भनाई छ । देशका विभिन्न जिल्लाका विद्यार्थी (बटुक)ले वेद विद्याश्रममा अध्ययन गरिरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्