रोटरीद्वारा विद्यालयलाई छात्रा तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण

भद्रपुर, झापा । कतिपय सामुदायिक विद्यालयमा अझै पनि सुरक्षित र बेग्लै शौचालयको व्यवस्था नहुँदा छात्राहरू समस्यामा पर्ने गरेका छन् । यही समस्यालाई मध्यनजर गर्दै रोटरी क्लब अफ बिर्तामोडले झन्डै दश लाख रुपैयाँ खर्च गरेर झापाको बिर्तामोडस्थित महेन्द्ररत्न माध्यमिक विद्यालयमा छात्रा तथा अपाङ्गमैत्री शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ ।
किशोरीहरूलाई महिनावारी भएको समयमा सेनिटरी प्याड प्रयोग गर्न, प्रयोग भइसकेको प्याडलाई डिस्पोज गर्न र आवश्यक परेको समयमा प्याड लिन सकिने व्यवस्थासहितको नयाँ प्रविधियुक्त शौचालय निर्माण बिर्तामोड नगरपालिका वडा नं ३ स्थित सो विद्यालयलाई बुधवार हस्तान्तरण गरिएको रोटरी क्लब अफ बिर्तामोडका डाइरेक्टर सर्भिस प्रोजेक्ट विनोद बस्नेतले बताउनुभयो ।
रोटरीले महालक्ष्मी विकास बैङ्क, नेपाली सेनाको श्री नयाँ श्रीनाथ गण चारआली, रोटरी क्लब अफ बिर्तामोडसमेतको आर्थिक सहयोगमा शौचालय निर्माण गरिएको क्लवका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिनुभयो । विद्यालय परिसरमा एक समारोहका बिच विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेललाई शौचालयको चाबी हस्तान्तरण गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्