ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारस्थित ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुधवार साँझ दुर्घटना भएको हो ।
दुर्घटनामा सोही ठाउँका २४ वर्षीय प्रदीप कुमार सरदारको मृत्यु भएको छ । पूर्वतर्फ गइरहेको स ८ प ६५५२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको स १ त ७५३७ नम्बरको ट्रकले ठक्कर दिएपछि दुर्घटना भएको स्थानीयहरूले बताएका छन् ।
इलाका प्रहरी कार्यालय रुपनीले शव पोष्टमार्टमको लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पठाएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्