लागु औषध गाँजासहित एक जना पक्राउ

बारा । बारा प्रहरीले पचरौताबाट लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा गढी गाउँपालिका वडा नं.४ पोखरिया टोल निवासी ५० वर्षीय बाबुलाल चौधरी रहेका छन् ।
अन्य तीन जना भने प्रहरी हेर्ने बित्तिकै फरार भएका थिए । फरार भएकाहरूको खोजी कार्य भइरहेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
पचरौता नगरपालिका वडा नं.८ बाज पट्टीको कुलो नजिकबाट चौधरीलाई लागू औषध गाँजा ४५ किलोसहित पक्राउ गरिएको बाराका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।
जुटको बोरामा रहेको लागू औषध गाँजा पिठ्युँमा बोकेर लगिरहेको अवस्थामा लङ्गडा चौकको प्रहरी टोलीलाई देखेर तीन जना फरार भएको र चौधरीलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रवक्ता मिश्रले बुताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्