तपाईँ सुन्दै हुनुहुन्छः

घुसको रकमसहित राजश्व कार्यालयका कर अधिकृत पक्राउ

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासको अनुसन्धान टोलीले आन्तरिक राजश्व कार्यालय जनकपुरधामका कर अधिकृत र एक जना विचौलियालाई १ लाख ५० हजार घुसको रकमसहित पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं ७ जीरोमाइलमा रहेको अन्नपूर्ण होटलमा कुनै व्यापारीको काम मिलाई दिनका लागि कर अधिकृत रमेश ढकालले विचौलीयासँग गए राति ९ः०० बजे रकम लिएको अवस्थामा अख्तियारका टोलीले रङ्गे हात पक्राउ गरेको छ ।

कुनै व्यापारीलाई करमा सहुलीयत दिलाई दिनका लागि विचौलियामार्फत रकम लिइएको गोप्य सूचना अख्तियारमा प्राप्त भएपछि अख्तियारको बर्दिवास कार्यालयबाट खटेको विशेष टोलीले पक्राउ गरेको हो ।

कर अधिकृत ढकाल माथि प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धानका लागि काठमाडाँै लगिएको अख्तियारका बर्दिवास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button