तपाईँ सुन्दै हुनुहुन्छः

महाशिवरात्रि पर्व : अर्जुनधारा धाममा आज एकल ताण्डव नृत्य र भजन गायन प्रतियोगिता

भद्रपुर, झापा । पूर्वको पशुपतिनाथले प्रसिद्ध झापाको अर्जुनधारा जलेश्वर धाममा महाशिवरात्रीको अवसरमा आज साँझ एकल ताण्डव नृत्य तथा भजन गायन प्रतियोगिता हुने भएको छ ।
महाशिवरात्रीको अवसर पारेर तीन दिनदेखि विविध धार्मिक कार्यक्रम सञ्चालन हुँदै आएको अर्जुनधारा जलेश्वर धाममा ‘एक साँझ, शिवका माझ’ कार्यक्रमअन्तर्गत ताण्डव नृत्य तथा भजन गायन प्रतियोगिता गर्न लागिएको धाम व्यवस्थापन समितिका अध्यक्ष नविन गट्टानीले जानकारी दिनुभयो ।
१ नं प्रदेशस्तरीय उक्त प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई  क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार तथा सान्त्वना हुने दुई जनालाई ५÷५ हजार नगद पुरस्कार प्रदान गरिने अध्यक्ष गट्टटानीले बताउनुभयो ।
प्रतियोगिताको २५ र २६ गते अडिसन भई अन्तिम १० जना छनोट गरिएको छ ।
भगवान् शिवलाई प्रसन्न गराउन र पहिलो शिव नृत्य पनि भएकोले ताण्डव नृत्यको महिमाबारे नयाँ पुस्तालाई बुझाउनका लागि १ नं प्रदेशमै पहिलो पटक ताण्डव नृत्य प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गट्टानीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button