बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला ६ सयले बढेर कारोबार भइरहेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८६ हजार दुई सयमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ८६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको हो।
त्यसैगरी आज तेजाबी सुन प्रतितोला ८६ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोता १५ रुपैयाँ बढेर कारोबार भइरहेको छ । बुधबार तोलामा एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार दुई सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्