तपाईँ सुन्दै हुनुहुन्छः

रमेशगङ्गा स्रष्टा पुरस्कार कवि त्रिपाठीलाई

काठमाडौँ । रमेशगङ्गा स्रष्टा पुरस्कार कवि जनार्दन शरण त्रिपाठीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि सम्मान पत्र सहित २१ हजार रुपैयाँ रहेको छ ।

नेपाल स्रष्टा समाजद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाले कवि त्रिपाठीलाई पुरस्कार प्रदान गर्नुभयो ।

समारोहमा कवि रमेशचन्द्र देवकोटाद्वारा लिखित चार कृतिहरू हितैषीका कुरा, प्रलयको शङ्ख घोष,सुभाषित पद्यामृतम् र मेरो देशको लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button