तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखी कार्यालय स्थापना 

सप्तरी । सप्तरीमा नेपाल कम्युनिष्ट पार्टीको बोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टी एकिकृत मार्क्सवादी लेनिनवादी (एमाले) को बोर्ड राखी कार्यालय स्थापना गरिएको छ ।

सर्वोच्च अदालतको फैसलापछि नेकपा ओली समूहका कार्यकर्ताले राजविराज–८ मदननगर स्थित नेकपा एमाले जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ ।

एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा (एमाले) जिल्ला पार्टी कार्यालय सप्तरी लेखिएको बोर्ड राखिएको हो ।

यसअघि सो कार्यालयमा पूर्व एमाले र पूर्व माओवादी मिलेर बनेको नेकपाको जिल्ला कार्यालय थियो ।

अदालतले गत आइतबार पूर्ववत् रुपमा एमाले र माओवादी रहेको फैसला गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button