पर्यटन पुनर्उत्थानका लागि साझेदारीः उद्घोष समारोह सम्पन्न
वीरगञ्ज । पर्यटन समृद्धिको आधार हामी सबै साझेदार नाराका साथ आज वीरगन्जमा पर्यटन पुनर्उत्थानका लागि साझेदारी कार्यक्रम अन्तरगत उद्घोष समारोह सम्पन्न भएको छ ।
वीरगञ्ज महानगरपालिकाको आयोजनामा होटेल, पर्यटन व्यवसायी र पर्यटन पत्रकारको सहभागितामा उद्घोष समारोह सम्पन्न भएको हो ।
वीरगन्जको होटेल दियालो लर्डस् प्लाजामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले होटेल व्यवसायीहरू एकजुट भई पर्यटक लोभ्याउने योजना ल्याए महानगरले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा होटेल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हरि पन्त, उद्योगी व्यवसायी युवराज लामा लगायतका वक्ताहरूले त्यस क्षेत्रको पर्यटनको विकासमा सबै पक्ष मिलेर अघि बढ्नु आवश्यक भएकोमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्