तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ का ५ जिल्ला कोरोना सङ्क्रमणमुक्त

जनकपुरधाम । प्रदेश नंं २ का पाँच जिल्ला कोरोना सङ्क्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमणमुक्त हुने जिल्लाहरूमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाही जिल्ला रहेका छन् ।
प्रदेश नंं २ को ८ जिल्लामा ३ जिल्लामा मात्र कोरोनाका संक्रमित रहेका छन् । अहिले रौतहटमा २, वारामा ४ र पर्सा जिल्लामा ४ गरेर कूल १० जना रहेको प्रदेश नंं २ को सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिनु भयो ।
सबै संक्रमितहरु अहिले होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसन विगत ३ महिना देखि पूर्ण रुपमा खाली रहेका छन् ।
कोरोनाको परीक्षण दैनिक रुपमा भए पनि कोरोना संक्रमित भेटिने क्रम ज्यादै न्यून रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले जनाएको छ । आज पनि धनुषामा २३, सर्लाहीमा ९ तथा पर्सा जिल्लामा २२ जना आशङ्कित व्यक्तिको स्वाब सङ्कलन गर्ने काम भएको छ ।
प्रदेश नंं २ मा १ लाख ४६ हजार ३ सय ३४ जनाको स्वाब सङ्कलन गर्ने काम भएकोमा १७ हजार २ सय २ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ भने २ सय ९ जनाको मृत्यु भएको प्रदेश नंं २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button