सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर ज.ब.रा. ले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गर्नु भएको छ ।
नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।









प्रतिक्रिया राख्नुहोस्