‘कांग्रेस र जनता समाजवादी पार्टीसँगको वार्तालाई निरन्तरता दिने’
काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँगको वार्तालाई निरन्तरता दिने विषयमा छलफल भएको छ ।
संसद् बैठक सुरु हुनु अघि पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादी केन्द्रको बैठकमा आगामी सरकारका लागि विपक्षी दलहरूसँगको संवाद बारेमा अध्यक्ष प्रचण्डले थाल्नु भएको प्रयास बारेमा जानकारी गराइएको पार्टीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले पार्टीको साङ्गठनिक अवस्था बारेमा अध्ययन गर्न नेताहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन , पम्फा भुषाल र जर्नादन शर्मा रहने गरी ४ सदस्यीय कार्यदल बनाएको नेता श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्