तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा नेकपा पार्टी कार्यालयमा एमालेको बोर्ड

अछाम । अछाममा नेकपाको पार्टी कार्यालयमा नेकपा (एमाले) को बोर्ड लगाइएको छ ।

दुई पार्टी एकता पछिको नेपाल कम्युनिष्ट  पार्टी नेकपाले प्रयोग गर्दै आएको पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको हाे ।

आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता नेपाल कम्युनिस्ट पार्टीका नाममा दर्ता भएको र अध्यक्ष ऋषि कट्टेल रहेको पार्टीलाई दिँदै एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि एमालेले पार्टी कार्यालयमा नाम र साइनबोर्ड राखेको हो ।

नेकपा (एमाले) ले काठमाडौँको धुम्बाराही पार्टी कार्यालयमा एमालेको बोर्ड राख्दै देशभरको पार्टी कार्यालयहरूमा एमालेको बोर्ड राख्न निर्देशन दिएसँगै अछाममा पनि एमालेको बोर्ड स्थापना गरिएको तत्कालीन नेकपा ओली पक्षका जिल्ला अध्यक्ष रहेका एमाले जिल्ला सचिवालय सदस्य चन्द्र बाेहराले जानकारी दिनुभयो ।

बोर्ड फेर्ने काम मङ्गलवार बेलुकी भएको र आज औपचारिक रुपमा पार्टी कार्यालय सञ्चालनमा आएको उहाँले बताउनुभयो ।

नेकपाका नेता कार्यकर्ताको उपस्थितिमा पार्टी कार्यालय औपचारिक रुपमा सञ्चालनमा ल्याइएको तत्कालीन कार्यालय सचिव समेत रहनु भएका नेता बाेहराले बताउनुभयो ।

एमाले जिल्ला सङ्गठन विभाग प्रमुख तथा मङ्गलसेन नगरपालिकाका प्रमुख पदम बाेहराकाे उपस्थितिमा पार्टी कार्यालय सञ्चालनमा ल्याइएको हाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button