तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते 

अछाम । अछाममा ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । जिल्लाको मेल्लेख गाउँपालिकामा विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना भएको अछाम प्रहरीले जनाएको छ ।

मेल्लेख गाउँपालिका ७ नन्देगडाको दुपाल्तमा से १ त ३१५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका अछामका प्रहरी प्रमुख तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

मेल्लेख गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हेरेर फर्किने क्रममा दुर्गादेवी माध्यमिक  विद्यालयका विद्यार्थी चढेको ट्याक्टर दुर्घटनामा परेको थियो ।

ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

मङ्गलवार बेलुकी भएको दुर्घटनामा परी घाइते भएका मध्ये ११ जना उपचार पछि घर फर्किएका छन् भने ४ जनाको वयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button