नक्कली नोट र नोट छाप्ने मेसिनसहित एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा नक्कली नोट र नोट छाप्न प्रयोग गरिने मेसिनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने २५ वर्षीय सञ्जय रानालाई नक्कली नोट, छाप्न प्रयोग हुने मेसिन लगायतका अन्य सामाग्रीसहित पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताउनु भएको छ ।
गए राति करिब १०ः०० बजेको समयमा पक्राउ गरिएका रानाको साथबाट १ हजारका २ वटा र १ सयका २ वटा गरेर ४ वटा नक्कली नोट बरामद गरिएको प्रवक्ता थापाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्