तपाईँ सुन्दै हुनुहुन्छः

सेना दिवसका अवसरमा जुम्लामा दौड प्रतियोगिता

जुम्लामा सेना दिवसमा आयोजित दौड प्रतियोगिता ।

जुम्ला  । नेपाली सेना दिवस तथा महाशिवरात्रीको पुर्वसन्ध्यामा जुम्लामा दौड प्रतियोगिता गरिएको छ ।

नेपाली सेना र नागरिक बीचको सम्बन्ध सुमधुर बनाउन दिवसका अवसरमा नन्दाबक्स गण र नम्बर २४ बाहिनी अडको आयोजनामा सेनाले जुम्लामा पहिलो पटक दौड प्रतियोगिता गरेको हो ।

प्रतियोगिता दुई चरणमा सञ्चालन गरिएको थियो । ४० वर्ष माथिका लाई ५ किलोमिटर र ४० वर्ष मुनिका लाई ९ किलोमिटर दुरीको दौड प्रतियोगिता भएको थियो । े

जसमा ४० वर्षमाथिका ५ किलोमिटर दौड प्रतियोगिताको प्रथम नरेन्द्र बहादुर मल्ल, द्वितीय हरि रोकाया र तृतीय दिल बहादुर रोकाया हुनु भएको छ । भने, ४० वर्ष मुनिको ९ किलो मिटर दौड प्रतियोगितामा प्रथम नरेन्द्र बुढा, द्वितीय प्रकाश कठायत, र तृतीय अंगद धामी हुनु भएको छ ।

प्रतियोगितामा प्रथम,  द्वितीय, र तृतीय हुने खेलाडीलाई क्रमशः सात हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको छ ।

जुम्लामा सेना दिवसमा आयोजित दौड प्रतियोगिता ।

साथै विश्व रेकर्ड कायम गर्नुभएका अल्ट्रा धावक हरि रोकायालाई ढाका टोपी लगाएर सम्मान गरिएको छ । प्रतियोगितामा सहभागी सबैलाई प्रमाण पत्र प्रदान गरिएको छ ।

कार्यक्रमको अवसरमा बोल्दै समन्वय समिति प्रमुख लाल बहादुर सार्कीले जुम्लामा नेपाली सेनाले नागरिकका हितमा गरेको कामको प्रशंसा गर्नुभयो । उहाँले सेनाको शान्ति, सुरक्षासँगै सामाजिक हितका काम प्रेरणादायी रहेको बताउनुभयो ।

२४ नम्बर बाहिनी अड्डाका बाहिनी पति याम सापकोटाले देशको शान्ति सुरक्षासँगै नागरिकको सेवालाई पनि आत्मसाथ गरेर काम अघि बढाएको बताउनुभयो ।

जुम्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनदेखि विद्यालय भवन, शौचालय निर्माण पश्चात् सेनाप्रति नागरिकको विश्वास बढेको उहाँले दाबी गर्नुभयो ।

जुम्लामा सेना दिवसमा आयोजित दौड प्रतियोगिता ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले राष्ट्रिय सुरक्षासँगै विपद् व्यवस्थापन, सामाजिक हितका कार्यमा सेनाको अतुलनीय योगदान रहेको बताउनुभयो ।

सेना राष्ट्रको सुरक्षासँगै नागरिकको सुख दुखको साथी पनि हो भन्ने कुरा नागरिक समक्ष सेनाले आफूलाई पेस गरेको समेत प्रअिज थापाले उल्लेख गर्नुभयो ।

कायक्रममा सेना दिवस तथा महाशिवरात्रीको पुर्वसन्ध्यामा आयोजित दौड प्रतियोगिताका लागि सहयोग गर्ने सम्पुर्ण गैरसरकारी संस्था तथा वित्तीय क्षेत्रलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button