तपाईँ सुन्दै हुनुहुन्छः

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न समयमा निधन हुनु भएका सांसदहरूप्रति शोक प्रस्ताव पारित गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको शोक प्रस्ताव बैठकको सर्वसम्मतले पारित गरेको हो ।
बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर के.सी., संविधानसभा सदस्य मानपुर चौधरी र भिमप्रसाद गौतमको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।
यसै गरी बैठकले पूर्व सांसदहरू दीपकबहादुर गुरुङ, डा. राममान श्रेष्ठ, विरबहादुर लामा, ओमकारप्रसाद गौचन, इन्द्रहाङ्ग लिम्बु, कमानसिंह लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट, कुवेर प्रसाद शर्मा र डा. शंकरप्रसाद उप्रेती प्रति शोक प्रस्ताव पारित गरेको हो ।
प्रतिनिधि सभाको अर्को बैठक चैत ३ गते मङ्गलवार दिनको १ः०० बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button