तपाईँ सुन्दै हुनुहुन्छः

महासङ्घले राष्ट्रिय आर्थिक रूपान्तरण मार्गचित्र ल्याउने

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले १० वर्षे राष्ट्रिय आर्थिक रूपान्तरण मार्गचित्र ल्याउने भएको छ ।

महासङ्घले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको कुल ग्राहस्थ उत्पादन सन् २०३० सम्ममा १०० खर्ब पुर्‍याउने गरी आर्थिक क्रियाकलापहरू अघि बढाउने मार्गचित्र ल्याउने तयारी भइरहेको बताउनुभयो ।

मार्गचित्रमा कृषिजन्य उत्पादन बढाउँदै निर्यात गर्ने हैसियतमा मूलकलाई पुर्‍याउने, आयातलाई प्रतिस्थापन गर्ने, सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न निजी क्षेत्र, सरकार र सरोकारवाला सबै पक्ष मिलेर अगाडि बढ्नेमा जोड दिइएको पनि महासङ्घका अध्यक्ष गोल्छाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button