प्रधानमन्त्री कप महिला भलिबलको उपाधि एपीएफलाई
काठमाडौँ । एपीएफ क्लबले अपराजित रहँदै प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा चिरप्रतिद्धन्दी नेपाल पुलिस क्लबलाई तीन शून्यको सोझो सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।
यो सँगै एपीएफले पुलिससँग पछिल्ला तीन हारको बदला पनि लिएको छ । गत संस्करणको प्रधानमन्त्री कपमा एपीएफ पुलिससँगै पराजित भएपछि उपविजेतामा सीमित भएको थियो । गत महिना पोखरामा भएको राष्ट्रिय भलिबल च्याम्पियनसिपमा पनि एपीएफ लिग चरण र फाइनलमा पुलिस सँग नै हारेको थियो । पुलिसले भने लगातार तीन उपाधि जित्ने अवसर गुमायो ।
च्याम्पियन एपीएफले पाँच लाख र पुलिसले दुई लाख पुरस्कार प्राप्त गरे । लिगमा न्यु डायमन्ड एकेडेमी तेस्रो, त्रिभुवन आर्मी क्लब चौथो । लुम्बिनी युनाइटेड पाँचौँ स्थानमा रह्यो ।
मङ्गलवार नै भएको लिगको आफ्नो अन्तिम खेलमा न्यु डायमन्डले लुम्बिनीलाई तीन शून्यको सोझो सेटमा हराएको थियो । लुम्बिनीले अङ्कको खाता खोल्न सकेन ।








प्रतिक्रिया राख्नुहोस्