बालुवाको ढिस्कोले पुरिएर तनहुँमा एक जनाको मृत्यु
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा बालुवाको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु भएको छ ।
सेती नदी किनारस्थित किमलडाँडा घाटमा बालुवा निकाल्ने क्रममा सोही ठाउँ बस्ने ५३ वर्षीय धनबहादुर गुरुङलाई बालुवाको ढिस्कोले पुरेको इलाका प्रहरी कार्यालय बेलचौताराले जानकारी दिएको छ ।
प्रहरी निरीक्षक जगदीश रेग्मीले दिएको जानकारी अनुसार मृतक गुरुङ धादिङको नेत्रावती गाउँपालिका २ कटुन्जेका भए पनि लामो समयदेखि शुक्लागण्डकी ८ मा बसोबास गर्दै आएका थिए ।
नगरपालिकाले खुलाएको घाटमा बालुवा निकालेर परिवार पाल्दै आएका गुरुङको शव पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाएको छ ।








प्रतिक्रिया राख्नुहोस्