तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा ३५ सदस्यीय कार्यसमिति चयन

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आगामी २ वर्षका लागि ३५ सदस्यीय कार्य समिति निर्विरोध चयन भएको छ ।

कार्य समिति चयन भए पनि अध्यक्ष र पदाधिकारीहरूको चयन हुन भने बाँकी रहेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । सङ्घको फागुन २८ गते ४५ औँ वार्षिक साधारण सभा हुने कार्यक्रम रहेको छ ।

सङ्घको साधारण सभापछि २९ गतेबाट बन्द सत्र शुरु हुने र बन्द सत्रले ३५ जना कार्यसमितिको निर्विरोध चयनलाई अनुमोदन गर्ने छ भने १ गते अध्यक्षसहित पदाधिकारीहरूको निर्वाचन हुने कार्यक्रम रहेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । संघका वरिष्ठ उपाध्यक्ष साधारण सभाबाट पदेन अध्यक्ष बन्ने सङ्घको विधान रहेको छ ।

विधान अनुसार वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता अध्यक्ष बन्ने सम्भावना रहेको र यसको आधिकारिक निर्णय भने १ गते हुने सङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button