करेन्ट लागेर ७० वर्षीय वृद्धको मृत्यु
सप्तरी । सप्तरीमा करेन्ट लागेर ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।
जिल्लाको राजगढ गाउँपालिका–३ कट्टी टोलमा आइतबार साँझ करेन्ट लागेर स्थानीय ७० वर्षीय शिवलाल यादवको मृत्यु भएको हो ।
आफ्नै घरमा स्विच थिच्दा करेन्ट प्रवाह भई झट्का लाग्दा घाइते भई उपचारार्थ गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याउँदै गर्दा बाटोमै यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्