तपाईँ सुन्दै हुनुहुन्छः

‘वाम एकताको लागि माओवादी केन्द्र तत्पर रहने’

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी समितिको बैठकले समसामयिक राजनैतिक परिस्थितिको सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्यको वातावरणका लागि वार्ताको प्रयास थाल्ने निर्णय गरेको छ ।

बैठकपछि पार्टी नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेसँग पनि वार्ताको ढोका खुल्ला रहने भन्दै वाम एकताको लागि माओवादी केन्द्र तत्पर रहने प्रतिक्रिया दिनुभयो ।

सरकारमा रहेका आफ्नो पार्टीका नेताहरूको धारणा बुझेर मात्र उहाँहरूबारे निर्णय गरिने नेता श्रेष्ठले बताउनुभयो ।

तस्वीरः सामाजिक सञ्जाल

प्रतिक्रिया राख्नुहोस्

Back to top button