तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा जन्ती बोकेको माइक्रो बस दुर्घटना हुँदा १२ घाइते, दुई गम्भीर

सप्तरी । विष्णुपुर–बसाइन सडक खण्ड अन्तर्गत सप्तरीको बोदे बसाइन नगरपालिका वडा नम्बर ३ गौरामा जन्ती बोकेको विङ्गर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
जन्ती लिएर ना १ ज ८९३८ नम्बर भएको विङ्गर काचन बाट गएको जन्ती विष्णुपुर गाउँपालिका वडा नम्बर १ मधेपुरा बाट घर फर्किने क्रममा आज मङ्गलवर बिहान ४ बजेको समयमा दुर्घटना हुँदा विङ्गरमा सवार १२ जना घाइते भएका छन् ।
स्थानीका अनुसार विङ्गर तीव्र गतिका कारण अनियन्त्रित भई सगरमाथा डेरीको बालमा ठोकिदा दुर्घटना भएको हो ।
दुर्घटना हुँदा विङ्गरमा सवार बोदे बसाइन नगरपालिका वडा नम्बर ८ काचन का ४५ वर्षीय बच्चालाल दास र २९ वर्षीय देव नारायण दास गम्भीर घाइते भएका छन् । उनीहरूको रुपनी गाउँपालिका स्थित युनिक हस्पिटलमा उपचार भइरहेको छ ।
सोही नगरपालिकाका २३ वर्षीय रबिन कुमार दास, ५० वर्षीय राम दास, ३५ वर्षीय शिव कुमार दासको स्थानीय एडभान्स क्लिनिक कल्यपुरमा र  २२ वर्षीय शङ्कर साह ,२५ वर्षीय  विजय कुमार यादव, गाडी चालक २५ वर्षीय मुकेश कुमार चौधरीको उपचार छिन्नमस्ता हस्पिटल राजविराजमा र ३० वर्षीय जय प्रकाश साह, २३ वर्षीय चन्देश्वर साह,  १७ वर्षीय तेज कुमार दास, १८ वर्षीय दिपक कुमार यादव, १८ वर्षीय कृष्ण कुमार दास, १९ वर्षीय उमेश कुमार यादवको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।
घाइतेहरूको हात खुट्टा लगायत शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय बोदे बसाइनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button