तपाईँ सुन्दै हुनुहुन्छः

शुक्लाफाँटामा चितुवा आतङ्क

कञ्चनपुर । चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरका बासिन्दा निकै चिन्तित भएका छन् । गाउँनजिकैको लक्ष्मी मध्यवर्ती सामुदायिक वनबाट राति आउने चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ ।
बाख्रा, बङ्गुर र गाई लगायतका जनावर चितुवाले खान थालेको स्थानीयवासी परदेशी चौधरीले बताएका छन् । उनका अनुसार दुई साताको अवधिमै चितुवाले स्थानीयवासीको गोठमा बाँधेका एक दर्जनभन्दा बढी बङ्गुर र बाख्रा खाएको छ ।
गाउँमा चितुवाको त्रासले बस्न नसकिने अवस्था आउन थालेको स्थानीयको भनाई छ । सामुदायिक वन संरक्षण गरी उपभोक्ताले हराभरा बनाएपछि चितुवालगायतका जनावर आउन थालेका हुन् ।
सम्बन्धित निकायसँग यस क्षेत्रका बासिन्दाले चितुवा नियन्त्रण गरी मानवीय क्षति हुनबाट जोगाउनका लागि माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button