मातृभाषा शिक्षा कार्यान्वयनमा जटिलता
काठमाडौं। सरकारले लागु गरेको मातृभाषा शिक्षा कार्यान्वयनमा जटिलता आएको विज्ञहरूले बताएका छन् ।
भाषा आयोगले आज काठमाडौँमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरूले एउटै विद्यालयमा धेरै भाषाका विद्यार्थीहरू हुने गरेकाले बहुभाषिक सिकाइमा समस्या आएको बताएका हुन् ।
छलफल कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइरालाले सरकारले स्थानीय मातृभाषा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले हरेक स्थानीय तहमा बोलिने विभिन्न मातृभाषामा सिकाइलाई सहज हुने गरी सामाग्री तयार गर्न सरकार लागि परेको बताउनुभयो ।
भाषा आयोगका अध्यक्ष लवदेव अवस्थिले भाषा आयोगले विभिन्न भाषाहरूको अध्ययन अनुसन्धान गरिरहेको बताउनुभयो ।
अध्यक्ष अवस्थिले भाषाका कारण सिकाइमा अवरोध नहोस् भन्ने हिसाबले विद्यालयहरूमा मातृभाषा शिक्षा प्रभावकारी रुपमा लागु गरिनुपर्नेमा जोड दिनुभयो ।
छलफलमा काठमाडौँ उपत्यकाका स्थानीय तहका शिक्षा शाखा प्रमुखहरूले नेपाल भाषामा पठनपाठनको सुरुवात गरिएको जानकारी दिएका दिए ।








प्रतिक्रिया राख्नुहोस्