तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरको पार्टी कार्यालय पनि राखियो एमालेको बोर्ड

कञ्चनपुर । सर्वोच्च अदालतले एमाले ब्युँताएपछि कञ्चनपुर महेन्द्रनगरमा रहेको पार्टी कार्यालयमा नेकपा लाई मेटाई  बोर्डमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको छ ।
जिल्ला पार्टी कार्यालय महेन्द्रनगरको बोर्डबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मेटाई  बोर्डमा एमाले राखिएको हो ।
आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो ।
आज देशभरको पार्टी कार्यालयहरूमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको समेत जनाइएको छ । त्यस लगत्तै देशका विभिन्न जिल्लामा एमालेको बोर्ड राख्न थालिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button