निजगढमा एक युवकको घाँटी रेटेर हत्या
बारा । बाराको निजगढमा अज्ञात व्यक्तिद्वारा एक जना युवकको घाँटी रेटेर हत्या भएको छ ।
निजगढ नगरपालिका वडा नं.९ बजारस्थित एक घरमा करिब १८ वर्षीय युवकको घाँटी रेटी हत्या भएको हो । काले भनिने रोहित शर्माको घरमै गए राती घाँटी रेटी हत्या भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले बताउँनुभयो ।
घरमैं एक्लै रहेको अवस्थामा उनको अज्ञात व्यक्तिले हत्या गरेको स्थानीयले जनाएका छन् । उनी पेन्ट सम्बन्धी काम गर्दै आएका थिए । हत्या भएको घटनामा प्रहरीले एक जना शङ्कास्पद व्यक्ति रौतहटको चपुरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्ति मृतकको साथी भएको प्रहरी स्रोतले जनाएको छ । तर प्रहरीले पक्राउ पर्ने व्यक्तिको विवरण सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले शङ्कास्पद एक जना व्यक्ति पक्राउ परेको र उनको घटनामा संलग्नताबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्