हेटौँडा मेयर कपको उपाधि १० नम्बर वडालाई
मकवानपुर । हेटौँडा उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको हेटौँडा मेयर कप–२०७७ को उपाधि १० नम्बर वडाले जितेको छ । सोमबार भएको फाइनल खेलमा हेटौँडा–१८ लाई शून्यका विरुद्ध पाँच गोल गर्दै वडा नम्बर १० विजयी भएको हो ।
खेलमा वडा नम्बर १० का बिके लामाले ह्याट्रिक गरेका थिए । यस्तै प्रितम स्याङबोले १ गोल गरे भने वडा नम्बर १८ का तर्फबाट एक गोल सुसाईट गोल भएको थियो ।
प्रतियोगितामा विजयी भएको वडा नम्बर १० ले नगद २ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बनेको १८ नम्बर वडाले नगद १ लाखमा चित्त बुझाएको छ । प्रतियोगितामा वडा नम्बर १० का सुमन छुमि उत्कृष्ट खेलाडी घोषित हुँदै नगद १० हजार प्राप्त गर्नुभयो ।
फागुन १५ गतेबाट सुरु भएको हेटौँडा मेयर कपको समापन हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा भएको थियो । प्रतियोगितामा हेटौँडाका १९ वटा वडाले सहभागिता जनाएको थिए ।








प्रतिक्रिया राख्नुहोस्