तपाईँ सुन्दै हुनुहुन्छः

अभिभावकले नै गर्छन् विद्यालयको अनुगमन

सल्यान । सामुदायिक विद्यालय भन्ने बित्तिकै धेरैले नाक खुम्च्याउने गर्दछन् ।
सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पठाए उनीहरूको भविष्य अन्यौलता पर्ने धेरै अभिभावकहरूको आशङ्का रहँदै आइरहेको छ । तर सल्यानको एक विद्यालयले नौलो तरिका अपनाएको छ ।
जिल्लाको दार्मा गाउँपालिका–५ भालुमारेमा रहेको श्री जनकल्याण आधारभूत विद्यालयले हप्ताको एक दिन पाठ्य सामग्रीसहित अनिवार्य रूपमा अभिभावकले विद्यालयको अनुगमन गर्नुपर्न बाध्यकारी नियम बनाएको छ ।
उक्त विद्यालयको नियमअनुसार अभिभावक पनि हप्तामा कम्तीमा एक दिन विद्यालयमा पुग्ने गरेका छन् । अभिभावकको विद्यालयमा अनुगमनको सक्रियता बढेपछि शिक्षक र विद्यार्थीहरूले कक्षामा नियमितता दिन थालेको विद्यालयका प्रधानाध्यापक भोपाल खड्काले बताउनुभयो ।
विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नकै लागि अभिभावकलाई नियमित अनुगमनको नियम बनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोपाल खड्काले बताउनुभयो ।
विश्वभर फैलिएको कोरोना भाइरसले समस्या बनाए पनि अहिले विद्यालयमा गएर नियमित अनुगमन गर्ने काम भइरहेको अभिभावक शेर बहादुर केसीले बताउनुभयो ।
विद्यालय कस्तो बनाउने भन्ने कुरा शिक्षकको मात्र जिम्मेवारी हुने भन्दा पनि अभिभावकहरूको पनि महत्त्वपूर्ण भूमिका हुने भएकाले सबै अभिभावक क्रमिक रुपमा विद्यालयको अनुगमनमा जाने गरेको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button