तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा किसानको सुचिकरण गरिने 

बझाङ  । किसानको अभिलेख राख्ने नेपाल सरकारको कार्यक्रम अनुसार बझाङ जिल्लामा पनि किसानहरूको सुचिकरण गरिने भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आज जिल्लामा एक कार्यक्रम गरी यसबारेमा जानकारी दिएको हो ।
मन्त्रालयले कृषि विकास योजना तर्जुमा तथ्याङ्क व्यवस्थापन तथा किसान सूचीकरण सम्बन्धी जिल्लाका १२ वटै स्थानीय तहका कृषि तथा पशुपन्क्षी शाखाका कर्मचारीहरूलाई ३ दिने तालिम सुरु गरेको छ  ।
तालिममा जिल्ला तहका कृषि र भेडनरी अस्पतालका कर्मचारीहरू पनि सहभागी भएका छन् । तालिमपछि सहभागीहरूले आफू आफ्नो स्थानीय तहमा कृषि उत्प्रेरक राखेर उनीहरूलाई किसान सूचीकरण गरिने भएको छ ।
तालिमको सहजीकरण गर्नुहुँदै मन्त्रालयका कृषि योजना विज्ञ डा.भोजराज जोशीले अब सबै स्थानीय तहले नेपाल सरकारको कृषि सम्बन्धी योजनालाई अगाडी बढाउनुपर्ने बताउनुभयो ।
उहाँले आ–आफ्नो ठाउँको सम्भावना हेरेर कृषि विकासका कार्यक्रम बनाई देशलाई कृषि, पशुपन्क्षी, माछा, फलफलुमा आत्मनिर्भर बनाउनुपर्ने जोड दिनुभयो । स्थानीय तह, प्रदेश र केन्द्र सरकारको कृषिको विकासमा साझा  बुझाई हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
जिल्ला भेडनरी अस्पतालमा भएको ३ दिने तालिममा स्थानीय तहका कृषि पशु शाखाका कर्मचारीहरूलाई किसान सूचीकरणको अनलाइन डाटा भर्नेबारे जानकारी गरिने भएको छ ।
डाटा कसरी लिने, प्रोफाइल बनाउने तरिका र  कृषि सम्बन्धीका योजना तर्जुमा कसरी गर्ने भन्ने सम्बन्धमा सिकाइ हुने भएको भेडनरी अस्पतालका प्रमुख पशुपति नाथले जानकारी दिनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button