विगतमा भएका संघर्षले नै संविधानमा महिलाको अधिकार सम्भव: मुख्यमन्त्री पोखरेल

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले महिला आन्दोलन केवल महिला अधिकार र समानताको लडाईमा मात्रै सीमित नभएर लोकतान्त्रिक आन्दोलनको फराकिलो दायरामा विस्तार भएको बताउनुुभएको छ ।
अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आज दिनुुभएको शुुभकामना सन्देशमा मुुख्यमन्त्री पोखरेलले विगतमा भएका आन्दोलन र संघर्षबाट नै संविधानमा महिला अधिकारका विषयलाई समेट्न संभव भएको बताउनुुभएको छ ।
मुुख्यमन्त्री पोखरेलले राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था रहेको र समावेशी, समानुपातिक र लैंगिक हिसाबले पनि नेपालको संविधान विश्वमै नमूना भएकाले महिला समानतासंग सम्बन्धित विभिन्न विषयलाई संविधानले मौलिक हकका रुपमा व्याख्या गरेको उल्लेख गर्नुुभएको छ ।
सन्देशमा विगतका संघर्षबाट प्राप्त उपलब्धीको सही प्रयोग गरेर समतामुलक र समावेशी नेपाली समाज निमार्णको अभियानमा अघि बढिरहेको र कानुनको कार्यान्वयन गर्न राज्यलाई सघाउ पु¥याउँदै अघि बढे यी सबै समस्याको समाधान संभव मुुख्यमन्त्री पोखरेलले बताउनुुभएको छ ।
संविधानको सफल कार्यान्वयन गर्दै महिलाको सुरक्षा, सम्मान र रोजगारीको आधार खडा गर्दै समृद्ध नेपाल निर्माणको महाअभियानमा सबै एकताबद्ध भई अघि बढ्न उहाँले सबै राजनैतिक दल,समुदाय,संघसंस्था र आम नागरिकमा अपील गर्नुुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्