४ पत्रकारसहित विपत्तिमा खटिनेलाई काँग्रेस नेता बस्नेतद्वारा सम्मान

सिन्धुपाल्चोक । नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले कोरोना सङ्क्रमणमा जोखिम मोलेर काम गर्ने विभिन्न संस्था तथा व्यक्तिलाई सम्मान गर्नुभएको छ । जिल्लाका सक्रिय ४ पत्रकार सहित जनप्रतिनिधि र कार्यकर्ताहरूलाई सम्मान गरिएको हो ।
आज सुकुटे रिसोर्टमा एक कार्यक्रम गरी संक्रमण तथा विपत्तिमा योगदान पुर्याउने जिल्लाका अग्र पङ्क्तिमा खटिएका व्यक्तिहरूलाई सम्मान गरिएको हो । पत्रकार देवराज सुवेदी, दुर्गा आचार्य, निरोज चौलागाई र चित्र मिजार गरी जिल्लाका ४ पत्रकार र अन्य विपत्तिमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको हो ।
सिन्धुपाल्चोकमा कोरोना भाइरस र प्राकृतिक प्रकोपमा परेको सिन्धुवासीलाई स्वास्थ्योपचार, स्वास्थ्य सामाग्री, खाद्यान्न लत्ताकपडा, त्रीपाल लगायत आवश्यक सामाग्री वितरणमा खटिने नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुहरु समेत सम्मानित गरिएको नेपाली काङ्ग्रेसका युवा नेता प्रकाश सापकोटाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्