तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ मेयर कप क्रिकेटमा एपीएफको दोस्रो जित

file photo

काठमाडौँ । काठमाडौँ मेयर कप क्रिकेटमा उपाधि दाबेदार टिम एपीएफले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा आर्मीलाई हराएको एपीएफले आइतबार नेपाल पुलिस क्लबलाई एक विकेटले हरायो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ५८ रन बनायो । जवाफमा एपीएफले अन्तिम बलमा नौ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो । प्रतियोगितामा पुलिसको यो पहिलो हार हो ।

दोस्रो खेलमा बागमती प्रदेशले लगातार दोस्रो हार बेहोरेको छ । खेलमा बागमती सन्दीप लामिछानेको कप्तानीमा रहेको मेयर ११ सँग ९४ रनले पराजित भयो । यो हारपछि बागमतीको फाइनलमा पुग्ने सम्भावना निकै न्यून बनेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मेयर ११ टिमले ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४४ रन बनायो । जवाफमा बागमती ३४ ओभर तीन बलमा एक सय ५० रनमा अलआउट भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button