सर्वोच्च अदालतले दियो नेकपाको आधिकारिकता ऋषि कट्टेललाई (फैसलासहित)

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरणपछि दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दल दर्ताको निर्णय बदर गरिदिएको छ ।
निर्वाचन आयोगको दलको नाम सम्बन्धी निर्णय बदर भएसँगै सोको आधिकारिकता ऋषि कट्टेलको नेपाल कम्युनिष्ट पार्टीले पाएको छ ।
अदालतले आयोगको निर्णय बदरपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुवै अलग–अलग राजनीतिक दलका रुपमा साबिककै अवस्थामा कायम रहने समेत ठहर गरिदिएको छ ।
अदालतले दुई राजनीतिक दलले एकीकरणपछिको दल दर्ता बदरसँगै दिई राजनीतिक दलले एकीकरण गर्ने भएमा अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानुन बमोजिम आवश्यक निर्णय गर्न गराउन निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ ।
हेर्नुहोस् सर्वोच्चको फैसला:








प्रतिक्रिया राख्नुहोस्