तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस विरुद्धको थप ३ लाख ४८ हजार मात्रा खोप नेपाल आइपुग्यो

तस्बिर: गोरखापत्र
काठमाडौँ । कोरोना भाइरस विरुद्धको कोभ्याक्स अन्तर्गतको थप ३ लाख ४८ हजार मात्रा खोप नेपाल आइपुगेको छ ।
विश्व स्वास्थ्य सङ्गठन र सयुक्तराष्ट्र सङ्घीय बालकोष (युनिसेफ)को सहयोगमा पहिलो चरणमा कोभ्याक्स अन्तर्गत ३ लाख ४८ हजार मात्रा (कोभिशिल्ड) खोप आज नेपाल आइपुगेको  हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयश त्रिपाठी सहितको टोलीले आज बिहान  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप ग्रहण गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
अस्फोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले  विकास गरेको कोभ्याक्स खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो ।
कोभ्याक्स सुविधा अन्तर्गत नेपालले  २० प्रतिशत नागरिकलाई  पुग्ने खोप निःशुल्क प्राप्त गर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button