पूर्वी रुकुमका अल्लो उद्योग बन्द हुने अवस्थामा
पूर्वी रुकुम । पूर्वी रुकुमका अल्लो उद्योगले उत्पादन गरेको सामान बिक्री नहुने र लागत अनुसारको कारोबार नहुँदा बन्द हुने अवस्थामा पुगेका छन् ।
अल्लोबाट उत्पादित विभिन्न सामग्रीहरूले बजार नपाएपछि उद्योग सञ्चालनमा कठिनाइ भएको र उत्पादित सामग्री बिक्री नहुँदा आम्दानी शून्य भएपछि समस्यामा परेको उद्यमीहरूले बताउनुभएको छ ।
उत्पादित सामग्रीले परिश्रम अनुसारको बजार र मूल्य नपाउँदा अल्लो उद्योग सञ्चालनमा समस्या भएको पुथाउत्तरगङ्गा गाउँपालिका जामाबगरस्थित सृजनशील अल्लो उद्योगका सञ्चालक गौसरी पुनले बताउनुभयो ।
अल्लोबाट तयार पारिने सामग्रीबाट पारिश्रमिक समेत नउठेपछि उत्पादनमा कमीका साथै सञ्चालनमा रहेका उद्योगसमेत सङ्कटमा परिरहेको उद्योग सञ्चालकहरूको भनाइ छ ।
अल्लोबाट झोला, टोपी, बर्की, कोटलगायत विभिन्न लत्ताकपडाजन्य सामग्री निर्माण गरे पनि गाउँमा बजार नभएपछि व्यवसाय धरापमा पर्ने अवस्था आएको उहाँहरूको गुनासो छ ।








प्रतिक्रिया राख्नुहोस्