तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा विश्वविद्यालयले उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत चार वर्षे स्नातक तहको अध्यापन शुरु गर्ने

पोखरा । पोखरा विश्वविद्यालयले यही शैक्षिक सत्रदेखि उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत चार वर्षे स्नातक तहको अध्यापन शुरु गर्ने भएको छ ।

कार्यक्रमको पोखरामा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र स्वर्णिम विश्वविद्यालय भारतको गुजरातका भाइस प्रेसिडेन्ट अदि रिसव जैनले शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा उपकुलपति डा अर्यालले उद्यमशीलता विषयको पढाइका लागि लामो समयदेखिको योजनाले मूर्तरूप लिएको भन्दै अब व्यवहारिक रुपमा यसलाई सफल बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उद्योग मन्त्रालयका प्रवक्ता सहसचिव डा. नारायणप्रसाद रेग्मीले ३९ खर्बको कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान पाँच प्रतिशत मात्र रहेकाले उद्योग क्षेत्रको योगदान नबढेसम्म समृद्ध नेपाल सुखी नेपालीको अभियान पुरा गर्न कठिन हुने बताउनुभयो ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन नेपालका रोजगारका लागि सीप कार्यक्रम संयोजक प्रकाश शर्माले उद्यमशीलता बारेको अध्ययनबाट शैक्षिक बेरोजगारी अन्त्य गर्न सहयोग हुने बताउनुभयो ।

पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डीन सह प्रा डा अजय थापाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यबाट नेपालमै पहिलो अध्ययन कार्यक्रमको शुभारम्भले देशमा उद्याशिलताको विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button