तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप महिला भलिबलमा पुलिसको दोस्रो जित

नेपालगन्ज । नेपालगन्जमा जारी सातौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । आज भएको दोस्रो खेलमा पुलिसले कमजोर मानिएको लुम्बिनी युनाइटेडमाथि ३–० को सोझो सेटमा जित निकाल्यो ।

पुलिसले २५–८, २५–१२ र २५–१४ को सेटमा विजय हासिल गरेको हो । लुम्बिनीको प्रतियोगितामा लगातार  दोस्रो हार हो । आजै भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले त्रिभुवन आर्मीलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

एपीएफले ३–१ को सेटमा आर्मीलाई हराएको हो । फागुन २५ गतेसम्म चल्ने  प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, त्रिभुवन आर्मी, न्यु डायमन्ड र लुम्बिनी प्रदेश सहभागी छन् ।

प्रतियोगिताको विजेताले ५ लाख पुरस्कार पाउनेछ । त्यस्तै उपविजेताले २ लाख, तेस्रोले १ लाख र चौथो स्थान हासिल गर्नेले ५० हजार पाउने आयोजक बाँके जिल्ला भलिबल सङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button