तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्यो, प्रधानमन्त्रीबाट अवलोकन (लाइभ)

No description available.

काठमाडौं, २२ फागुन – मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरी जल आइपुगेको  छ । दुई दशक लामो प्रतीक्षापछि मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंमा आइपुगेको  हो।

आयोजनाको मुहानबाट सुरुङमा परीक्षणका लागि छाडिएको पानी आज सुन्दरी जलस्थित प्रशोधन केन्द्रमा झरेको हो ।

मेलम्चीको पानी सुन्दरी जलमा झरेपछि प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन गर्न सुन्दरीजल पुग्नुभएको छ ।  ।

प्रधानमन्त्रीले अहिले बटन दबाई जल प्रभाको  शुभारम्भ गर्नुभएको छ  ।

यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा परीक्षणका लागि पानी छोडिएको थियो ।

मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रम (लाइभ) :

प्रतिक्रिया राख्नुहोस्

Back to top button