तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासनको बार अनुसार सेवा प्रवाह गर्ने नियम रद्द

अछाम | जिल्ला प्रशासन कार्यालय अछामले यसअघि स्थानीय तहलाई बार अनुसार सेवा प्रवाह गर्ने गरी लगाएको नियम रद्द गरेको छ ।

कोरोना भाईरस कोभिड–१९ को संक्रमण दर उच्च भएको बखत सेवा प्रवाहका क्रममा हुनसक्ने जोखिम न्यूनीकरणका लागि गत असोज ६ गतेदेखि जिल्लामा विभिन्न स्थानीय तहका सेवाग्राहीलाई विभिन्न बारहरू तोकी सेवा प्रवाह गर्ने गरिएकोमा हाल यसको संक्रमण दर घटेकाले जुनसुकै स्थानीय तहका सेवाग्राही जुनसुकै बारमा आए पनि सेवा प्रदान गरिने भएको सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले बताउनुभयो ।

विगतमा बार तोकेर सेवा दिने निर्णय गरे पनि सेवाग्राही आइसकेपछि सेवा दिएरै पठाउने गरेको भन्दै उहाँले अब जुनसुकै बारमा पनि सबैलाई सेवा दिने स्पष्ट पार्नुभयो । यसको जानकारी आफूले विभिन्न स्थानीय तहमा पटाइसकेको भन्दै उहाँले सूचना समेत जारी गरी यसबारे जानकारी प्रवाह गरेको बताउनुभयो ।

साथै कोरोना भाईरस लगायत अन्य सङ्क्रमणजन्य रोगको जोखिम कायमै रहेकोले स्वास्थ्य तथा सुरक्षाका मापदण्ड अपनाउन हुने समेत जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोध छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button