तपाईँ सुन्दै हुनुहुन्छः

अग्निपीडित बालबालिकालाई पोसाक र शैक्षिक सामाग्री वितरण

अग्निपीडित बालबालिकालाई शैक्षिक राहत वितरण गर्दै ।  तस्बिर : सागर परियार ।
जुम्ला । तिला गाउँपालिका–७ गोठी गाउँका अग्नि पीडितसहित १ सय ५२ अति विपन्न विद्यार्थीलाई पोसाक लगायतको शैक्षिक सामाग्री वितरण गरिएको छ ।
गोठी गाउँका ८१ जना अग्नि पीडित बालबालिकालाई शैक्षिक सामग्री र स्कुल पोसाक, झोला वितरण गरिएको एक्सन वक्र्स नेपाल जुम्लाका संयोजक केशव धितालले बताउनुभयो ।
आगलागी हुँदा पोसाक, झोला, पाठ्यपुस्तक जलेपछि विद्यालय जान समस्यामा परेका बालबालिकाको पठनपाठनलाई सहज गर्न शैक्षिक राहत उपलब्ध गराइएको संयोजक धितालले उल्लेख गर्नुभयो ।
त्यसै गरी तिला गाउँपालिका भित्रका २८ विद्यालयका ५६ जना र तातोपानी गाउँपालिका –६ हियाखोलास्थित कालिका आधारभूत विद्यालयका १५ जना अति विपन्न बालबालिकालाई पनि शैक्षिक सामग्री र पोसाक वितरण गरिएको छ ।
अग्निपीडित बालबालिका ८१ जना, र अति विपन्न ७१ जना गरी जम्मा १ सय ५२ बालबालिकालाई पोसाक, शैक्षिक सामाग्री र झोला वितरण गरिएको हो । पोसाक, झोला पाउँदा अति विपन्न बालबालिका खुसी भएका छन् ।
गत माघ १३ गते गाउँ नै आगलागीबाट खरानी भएपछि घर अन्नपात, पशुचौपाय लत्ता कपडा सबै जलेर नष्ट भएका थिए । कोरोनाका कारणले करिब ८/९ महिनापछि भर्खर विद्यालय जान थालेका गोठी गाउँका विद्याथीहरुको आगलागीमा परी पोसाक, पाठ्यपुस्तक लगायतका शैक्षिक सामाग्री सबै जलेर नष्ट हुँदा समस्या भएको थियो ।
अग्निपीडित बालबालिकालाई शैक्षिक राहत वितरण गर्दै ।  तस्बिर : सागर परियार ।
गोठ गाउँका अग्निपीडित बालबालिका र अन्य विपन्न बालबालिकाको पठनपाठनलाई सहज बनाउन एक्सन वक्र्स नेपाल जुम्लाले अग्निपीडित विद्यालयलाई शुक्रवार स्कुल पोसाकसहित शैक्षिक सामग्री वितरण गरेको हो ।
एक्सन वक्र्स नेपालकी महासचिव सम्झना पौडेलले गैरसरकारी संस्था सामाजिक उत्तरदायित्वका लागि राज्यको साझेदारका रुपमा काम गर्दै आएको बताउनुभयो ।
उहाँका अनुसार पठनपाठनलाई सहज बनाउनका लागि अग्निपीडित तथा अन्य विपन्न बालबालिकालाई  शैक्षिक राहत सामग्री वितरण गरिएको हो ।
तिला गाउँपालिका अध्यक्ष तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले अग्निपीडितसहित अति विपन्न बालबालिका पठनपाठनलाई सहज बनाउन राहत दिएर राज्यको साझेदार संस्थाको जिम्मेवारी पुरा गरेको बताउनुभयो ।
पोसाक, शैक्षिक सामाग्री जलेर विद्यालय जान नसकेका बालबालिकाको पठनपाठनमा अब सहज हुने अध्यक्ष योगाीको विश्वास छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button