चाेरी तस्करीमा सलंग्न चार जना पक्राउ
धनगढी । कैलालीमा प्रहरीले सालकाे काठ चाेरी तस्करीमा सलंग्न चार जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा घाेडाघाेडी नगरपालिका १२ का राजाराम चाैधरी, कृष्ण चाैधरी, राजकुमार चाैधरी, शितल चाैधरी रहेकाे र उनीहरुबाट चाेरी तस्करीकाे १ सय ९ क्वुुफिट सालकाे काठ बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।
बरामद काठ सहित पक्राउ परेका चारै जनालाई अावश्यक कार्वाहीका लागी डिभिजन वन कार्यालयमा पठाईएकाे प्रहरीले जानकारी दिएकाे छ ।








प्रतिक्रिया राख्नुहोस्