तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ नेकपाको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो चार बजेका लागि बोलाइएको नेकपाका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

भट्टराईले संघीय संसद सचिवालयले आफुलाई मान्यता दिएकाले आफुले बोलाएको बैठक मात्र आधिकारीक हुने बताउनुभयो ।

आजको बैठकमा प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी ओलीको पक्षमा बहुमत रहेको देखाइने भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button