तपाईँ सुन्दै हुनुहुन्छः

आज मेलम्चीको पानी सुन्दरीजलमा झर्दै : प्रधानमन्त्रीले अवलोकन गर्नुहुने

काठमाडौं । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट आज पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्ने छ । हाल परीक्षणका लागि सुरुङमा पठाइएको पानी आज  सुन्दरीजलमा आइपुग्ने छ ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्न लागेको पानीको दृश्य अवलोकन गर्नुहुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिनुभयो ।

यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा परीक्षणका लागि पानी छोडिएको थियो । २६ किमी लामो सुरुङमार्ग पारगर्दै पानी सुन्दरीजल आइपुगेको हो ।

हाल परीक्षणका लागि सुरुङमा २६० लिटर प्रतिसेकेण्ड पानी हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button