देशभरको मौसम कहाँ कस्तो रहला?

काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ।हाल देशका केही पहाडी भू–भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।
महाशाखाकाअनुसार प्रदेश १, वागमती, तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । प्रदेश १, वागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै आज काठमाडौंमा दिउंसो सामान्यतया मौसम सफा रहने छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ९ डिग्री सेल्सियस छ भने दिउँसोको अधिकतम् तापक्रम २४ देखि २६ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ६ बजेर २३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ७ मिनेटमा हुनेछ ।
मौसम विश्लेषण
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल मौसमको अवस्था
हाल देशका केही पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फाल्गुन २२ गते (शनिबार)
दिउँसो : प्रदेश १ , बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपात को सम्भावना रहेको छ ।
राती : प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेश का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेश को को पहाडी/हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
फाल्गुन २३ गते (आईतबार)
दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षा/हिमपात को सम्भावना रहेको छ ।
राती : प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशमा साथै बाँकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षा/हिमपात को सम्भावना रहेको छ ।
फाल्गुन २४ गते (सोमबार)
दिउँसो : प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशमा साथै बाँकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षा/हिमपात को सम्भावना रहेको छ ।
राती : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षा/हिमपात को सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
छैन ।








प्रतिक्रिया राख्नुहोस्